समस्यामा परेका नेपाली घरतिर सकुशल
रसुवागढी नाकाको भोटेकोशीमा असार २४ गते गएको बाढीबाट अलपत्र परेका २०५ जना नेपाली नागरिकलाई आज चीन सरकारको सहयोगमा तातोपानी नाका हुँदै नेपाल सरकार पुर्याइएको छ ।
नेपाल सरकारको प्रयास,ल्हासास्थित महावाणिज्यदूतावासको विशेष पहल र सिन्धुपाल्चोक तथा रसुवा प्रशासन समेतको सहयोगमा सम्पन्न यस पुण्य कर्ममा चीन सरकारका विभिन्न निकायहरूले सहयोग गरेका थिए ।
आज केरुंगको विदेश मामिला कार्यालयका महानिर्देशक सि सांगले उनीहरूलाई तातोपानी नाकासम्म पुर्याए भने सिन्धुपाल्चोकका सिडिओ किरण थापाले स्वागत गरी भोटेकोशी गाउॅपालिका र अरनिको यातायातको सहयोगमा काठमाण्डौतिर पठाएका थिए ।
टिप्पणीहरू