सडक पेटीमा समान थुपार्नेलाई ३० हजार जरिवाना

सडक पेटीमा समान थुपार्नेलाई ३० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले आवागमनमा अप्ठेरो पर्नेगरी सडक–पेटीमा सामान राख्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरले बाटो अवरोध हुनेगरी सामग्री राखेबापत वडा नम्बर- १५ चागलका रामेश्वर साहलाई जरिवानाको कारबाही गरेको हो । 

बाटोमा सामान राखेको स्थानीयको गुनासोपछि महानगर प्रहरी बलको टोली आज उक्त ठाउँ पुगेको थियो । त्यसक्रममा सवारी आवागमन तथा पैदलयात्रुलाई हिँड्डुल गर्न असहज हुनेगरी सडक पेटी आसपास बोराहरु राखिएको पाइएपछि जरिवाना काट्ने निर्णय भएको हो  । 

महानगरका अनुसार साहलाई ३० हजार रुपैयाँ जरिवाना तिराइएको छ । साथै, त्यस्तो काम नगर्न सचेत गराइएको पनि गराएको छ ।

टिप्पणीहरू