डिप बोरिङका लागि लालपूर्जा ?
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले डिप बोरिङका लागि लालपूर्जा मागेर अनावश्यक दुःख किन ? भन्दै कृषिमन्त्रीलाई प्रश्न गरेका छन् । सुख्खाग्रस्त मधेशमा सरकारद्वारा उपलब्ध गराइरहेको डिप बोरिङका लागि लालपूर्जा अनिवार्य गरिँदा साना किसानहरु मारमा परेको उनको भनाइ छ ।
आफ्नो सचिवालयको फेसबुकमा लेखेका छन्, ‘कृषि मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, मातहतका कार्यालय प्रमुखज्यूहरु, कृषि ज्ञान केन्द्रका प्रमुखज्यूहरुः लालपूर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन ?’ डिप बोरिङको लागि भएको झन्झटिलो प्रावधानले योजना आइसकेपछि पनि लागू गर्न कठिन भएको जनाउँदै उनले लालपूर्जाको व्यवस्थाबाट ठूला जमिनदारलाई मात्र फाइदा पुग्ने दाबी गरेका छन् ।
राउतले लेखेका छन्, ‘एक जनासँग मुस्किलले २–४ कठ्ठा जमिन हुन्छ, त्यसो गर्दा त २००–४०० जना जतिकैबाट समन्वय, सहमति गरेर लालपूर्जा जम्मा गर्नुपर्ने हुन्छ, जुन प्रायः सफल हुँदैनन् । त्यसैले यस्ता योजनाहरु आएपनि आम जनता लाभान्वित हुँदैनन्, बिघाका बिघा जमिन हुने ठूला किसान र जमिनदारहरुले डिप बोरिङ लाग्न सकेपनि आम किसानले लग्नै सक्दैनन् ।’ उनले लालपूर्जाको व्यवस्था हटाउन माग गरेका छन् ।
टिप्पणीहरू