सैनिक पाइलटहरुको बढुवा

सैनिक पाइलटहरुको बढुवा

नेपाली सेनामा पाइलट तथा हवाई प्राविधिकहरुको बढुवा गरिएको छ । सात जना पाइलट लप्टनबाट पाइलट क्याप्टेन र तीन जना प्राविधिक मेजर प्राविधिक एक्टिङ्ग प्रमुख सेनानी भएका छन् ।

अस्ति जारी सर्कुलरअनुसार सैनिक सेवा नियमावली २०६९ र सैनिक हवाई सेवा नियमावली २०७४ अनुसार सैनिक हवाई सेवाको पाइलट समूह तथा हवाई सम्भार समूहतर्फको रिक्त दरबन्दीमा उनीहरुको बढुवाका लागि सिफारिस गरिएको हो । जसअनुसार पाइलट समूहतर्फ पाइलट सहसेनानी दर्जामा बढुवाका लागि सिफारिस हुनेमा क्रमशः मध्य एयरबेशका ओमन धमला र रोयन राई,विशिष्ट उडान सेवाका विवेककुमार गिरी,पश्चिम एयरबेशका निरज राई छन् । 

बढुवाका लागि सिफारिस भएका अन्यमा पूर्वी एयरबेशका कजिन खड्का, मध्य एयरबेशका दिपेश पाण्डेय,पश्चिम एयरबेशका सन्देश राना मगर पनि छन् । हवाइ सम्भार समूहतर्फ प्राविधिक एक्टिङ्ग प्रमुख सेनानी दर्जामा बढुवाको लागि सिफारिस भएका प्राविधिक सेनानीहरुमा विशिष्ट उडान सेवाका जितबहादुर पुन,हवाई प्राविधिक सेवाका शिवराम आचार्य र हवाई प्राविधिक सेवाका सुरज कोईराला रहेको सैनिक मुख्यालय, भद्रकालीले जनाएको छ ।

टिप्पणीहरू