पर्सामा अपराध घटेको तथ्यांक पेश

पर्सामा अपराध घटेको तथ्यांक पेश

भारतसँग सीमाना जोडिएको पर्सा जिल्लामा अपराध घट्दै गएको तथ्यांकले देखाएको छ । 

पछिल्लो तीन वर्षमा जघन्य अपराधको दरमा कमी आएको तथ्यांक जिल्ला प्रहरीले प्रस्तुत गरेको हो । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पछिल्लो समय हत्या, बलात्कार र महिलाविरुद्ध हुने अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिए । 

पछिल्लो दुई वर्षमा कर्तव्य ज्यान (हत्या) मुद्दामा ३७, जबरजस्ती करणी (बलात्कार) मा ३१, करणी उद्योगमा ४२ र महिलाविरुद्ध हुने अपराधमा १२ प्रतिशतले कमी आएको विवरण त्यसक्रममा सुनाइयो । 

आर्थिक वर्ष २०८०/८१ मा १६ वटा हत्या, ३९ बलात्कार, ७ करणी उद्योग र १७ वटा महिलाविरुद्धका अपराधका मुद्दा दर्ता भएका थिए । तर चालु आर्थिक वर्षमा घटेर हत्या १९, बलात्कार २६, करणी उद्योग ४ र महिला विरुद्धका अपराध १५ वटा मुद्ध दर्ता भएका छन् । 

भारतीय अपराधीहरूको प्रभाव र अपराधको जोखिम उच्च मानिने पर्सामा प्रहरीले निगरानी र पहुँच विस्तार गर्दै अपराध नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ । 

जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनमा तीनवटै सुरक्षा निकायको सक्रियताले यो नतिजा हात लागेको एसपी मिश्र बताउँछन् ।

टिप्पणीहरू