सिद्धबाबाको पहिरो हटाइए पनि जोखिम उस्तै

सिद्धबाबाको पहिरो हटाइए पनि जोखिम उस्तै

बिहान पहिरो खसेपछि अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठका अनुसार सडक सञ्चालनमा आएपनि फेरि पहिरो खस्ने जोखिम उत्तिकै छ । 

जनआस्थासँगको कुराकानीमा उनले भने, ‘तत्कालका लागि सडक सञ्चालनमा आएको छ । तर, जुनसुकै बेला पनि त्यहाँ पहिरो खस्न सक्ने सम्भावना छ ।’ यता, जिल्ला ट्राफिक कार्यालयले भने यात्रा गर्दा ध्यान दिन अनुरोध गरेको छ । 

जिल्लाका प्राय स्थानमा वर्षा भइरहेकोले यात्रा गर्दा विशेष गरी सिद्धार्थ राजमार्ग प्रयोग गर्दा सडकको बारेमा सम्पर्क नम्बर १००, १०३ वा ९८५७०९१५०० मा जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको 

टिप्पणीहरू