हिजो दिउँसो खुलेको सिद्धार्थ राजमार्ग साँझदेखि अवरुद्ध

हिजो दिउँसो खुलेको सिद्धार्थ राजमार्ग साँझदेखि अवरुद्ध

पाल्पाको दोभान सिद्धबाबा क्षेत्रमा हिजाे बेलुकी खसेको पहिरोले हिजो दिउँसो खुलेको सिद्धार्थ राजमार्ग साँझ ८ बजेदेखि पुनः अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण पहिरो पन्छाउने काम प्रभावित भएको र आज बिहानसम्म सडक सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वर्षा नरोकिँदासम्म सडक खुलाउने सम्भावना न्यून रहेको सडक डिभिजन कार्यालय र सुरुङमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ । सडक बन्द हुँदा सयौं यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

सिद्धबाबा क्षेत्रमा नरम माटोमा अडिएका चट्टान खस्ने समस्या पुरानै हो । सुख्खा मौसममा समेत पहिरो खस्ने यो क्षेत्र जोखिमपूर्ण मानिन्छ ।

टिप्पणीहरू