सरकारको निन्दा गर्दै रविलाई सान्त्वना

सरकारको निन्दा गर्दै रविलाई सान्त्वना

नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । 

सहकारी काण्डमा अदालतको आदेशले जेल परेका रविलाई भेट्न आज बिहान उनी भैरहवा कारागार पुगेका थिए । भेटमा बाबुरामले सरकारको चर्को आलोचना गर्दै प्रतिवादी रविलाई धैर्य राख्न सल्लाह दिएको बुझिएको छ । 

बाबुरामले यसअघि रास्वपा मुख्यालय पुगेर रविको समर्थनमा हस्ताक्षर पनि गरेका थिए । देशको पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति अदालतमा मुद्दा विचाराधीन रहेका प्रतिवादीको समर्थनमा दस्तखत गर्न लाइन लागेर उभिएको उक्त घटना आलोचनामा पनि पर्यो ।  

आफ्नै शक्तिमा विश्वास नराख्ने तर वैकल्पिक शक्तिको वकालत गर्ने बाबुरामले पछिल्लो समय रास्वपासँग निकटता बढाउन खोजेको देखिन्छ ।  

यता, बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशले चैत २५ गतेदेखि कारागारमा रहेका रविले रिहाईका रुपन्देही जिल्ला अदालतमा निवेदन दिएको पनि खुलेको छ । बैंक जमानतमा रिहा गरिनुपर्ने माग राख्दै उनले चार दिनअघि नै निवेदन दिएको बताइएको छ ।

टिप्पणीहरू