विद्या भण्डारीको सम्पर्क कार्यालयमा धमाधम काम

विद्या भण्डारीको सम्पर्क कार्यालयमा धमाधम काम

पूर्वराष्ट्रपति तथा नेकपा एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय बनाउन लागेको भनिएको घरमा मर्मत सम्भारको काम धमाधम चलिरहेको छ । 

नयाँ बानेश्वरको थापागाउँस्थित चार तले घरमा अहिले सरसफाई, झ्याल-ढोका मर्मत, बत्ति जडान, फर्निचर, सजावट लगायतका काम तीब्र गतिमा भैरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।

२०४८ सालमा तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीले समेत चुनाव प्रचार प्रसारका लागि प्रयोग गरेको यो घर विदुर मैनालीको हो । एमालेका पुराना नेता उनी काठमाडौँ महानगरपालिकाका पूर्वउपमेयर पनि हुन् । 

मदनको निधनपछि ०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँ-१ बाट उम्मेदवार रहेकी विद्याको चुनाव प्रचारको थलो पनि यहि घर बन्यो । ३१ वर्षपछि फेरि यहीबाट विद्याको राजनीतिक गतिविधि अघि बढ्ने छ । 

यद्यपि औपचारिक रूपमा भने मदन भण्डारी फाउन्डेसनको नाममा कार्यालय संचालन गर्ने तयारी छ ।
 

टिप्पणीहरू