पहाडमा जनै र क्वाँटी, तराईमा राखी

पहाडमा जनै र क्वाँटी, तराईमा राखी

हिन्दु धर्मावलम्बीहरुले आज जनै पूर्णिमा मनाउँदै छन् । आज जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो बाँधेर क्वाँटी खाने चलन छ । तागाधारीहरुले यज्ञोपवीत अर्थात नयाँ जनै लगाउँछन् ।

हिजोदेखि ब्रत बसेकाले आज बिहान पोखरी, ताल, तलाउ, नदी वा कुण्डमा जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरेर स्नान गर्ने चलन छ । बिहानैदेखि काठमाडौंमा पशुपतिनाथ मन्दिर, ललितपुरको कुम्भेश्वरमा भक्तजनको भीड लागेको छ । 

त्यस्तै रसुवाको गोसाइँकुण्ड, चितवनको त्रिवेणीधाम, जनकपुरको धनुषसागर र गंगासागर, नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा भक्तजनको भीड लागेको छ ।

टिप्पणीहरू