आर्यघाटमा शवबाट निकालिएको मासु र हड्डी किन्यो कसले ?
स्रोतः सामाजिक सञ्जाल
पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि ठिक्क पारिएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले उनीसँगको बयानपछि शवको मासु र हड्डी किन्नेको खोजी थालेको छ ।
आर्यघाटमा शव जलाउने काम गर्दै आएका एकजना ब्राम्हणलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि शवको मासु र हड्डी किन्नेको खोजी अघि बढाइएको प्रहरी वृत्त गौशालाले जनाएको छ । शव जलाउने कार्यमा सहभागी हुँदै आएका ती ब्राम्हणले बनेपा नगरपालिका–९ का राम शाहीको शवबाट मासु र हड्डी निकालेका थिए ।
मृतकका परिवारको दाबीसहितको उजुरीपछि ब्राम्हण प्रहरी खोरमा पुगेपनि शवको मासु र हड्डी किन्नेको बारेमा जानकारी बटुल्न आफूहरु लागिपरेको प्रहरीको भनाइ छ ।
टिप्पणीहरू