नीलो गंगटाले प्रख्यात बनाएको चीनको छिङ्ताओ

नीलो गंगटाले प्रख्यात बनाएको चीनको छिङ्ताओ स्रोतः सिसिटिभी प्लस ।

छिङ्ताओ सहर पूर्वी चीनको प्रमुख समुद्री जलचर केन्द्रहरूमध्येको एक बन्दै गएको छ । उक्त सहर नीलो गंगटा उत्पादन क्षेत्रको रुपमा प्रख्यात छ । 

चीनको प्रमुख गंगटा उत्पादन केन्द्र बनेपछि यहाँका किसानको आर्थिक हैसियत उकासिएको छ । बिहान ४ बजेदेखि जाल हान्न र गंगटा छुट्याएर ढुवानीको लागि प्याक गर्नमा व्यस्त भएका किसानको दैनिकीमा उल्लेख परिवर्तन आएको छ ।

स्थानीय किसान लिउ जुन भन्छन्, ‘हामी चार घण्टा काम गर्छौं र लगभग दुई सयदेखि २ सय ५० किलोग्राम गंगटा ढुवानी गर्छौं । हामी सबैभन्दा पहिले भाले समात्छौं र पोथीलाई मध्य–शरद ऋतु महोत्सवपछि मात्र जाल हाल्छौं ।’

मूल्य घटेपनि यस वर्षको अनुकूल मौसम र मध्यम वर्षाले गंगटाको उत्पादनमा पाँच प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । ‘अहिले गंगटाको तौल १ सय ५० देखि २ सय ५० ग्रामसम्म भएको छ । हामीले यसलाई प्रति ५ सय ग्रामको ५० युआन (७ अमेरिकी डलर) मा बेचिरहेका छौं, जुन गत वर्षको तुलनामा सस्तो छ ।’

गत वर्ष नीलो गंगटाको मूल्य ७३ देखि ७५ युआन (१० अमेरिकी डलर) थियो ।  अहिले प्रत्येक दिन लगभग १० टन गंगटा चीनमा बिक्री हुने गरेको छ । 

 

टिप्पणीहरू