रास्वपाको केन्द्रीय कमिटी हेरफेर

रास्वपाको केन्द्रीय कमिटी हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी हेरफेरलाई सदर गर्दै निर्वाचन आयोगले अद्यावधिक गरेको छ ।

रास्वपाले विवरण सच्याउन दिएको निवेदनको आधरमा आयोगले ६२ जना केन्द्रीय सदस्यको सूची अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको अभिलेखमा रवि लामिछाने नै सभापति छन् । डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले पहिले र अहिले पनि उपसभापति छन् ।

 

अद्यावधिक विवरणमा कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाइएको छ । यसअघि उनी सहमहामन्त्री थिए । त्यस्तै मनिषा झा सहप्रवक्ताबाट प्रवक्तामा उक्लिएका छन् । 

तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गरेलगत्तै रास्वपाले गत वर्ष असारमै विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । तर, कागजपत्र नपुगेको भन्दै आयोगले निर्णय गरेको थिएन ।

टिप्पणीहरू