भवितव्यले खुलेका पार्टीले देशमा अराजकता मच्चाए : प्रम ओली

भवितव्यले खुलेका पार्टीले देशमा अराजकता मच्चाए : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भवितव्यले खुलेका पार्टीको संज्ञा दिनुभएको छ । रास्वपाको नाम नलिई उहाँले भवितव्यले खुलेका पार्टीहरू नयाँको नाममा समाजमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गर्नुभयो । 

केही पार्टीहरुले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको प्रम ओलीको दाबी छ । यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने भनाइ उहाँको रह्यो । 

मुलुकको शान्ति सुव्यवस्था खल्बल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान प्रतिगामी तत्वहरु सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले राप्रपाको पनि विरोध गर्नुभयो । विगतमा भएका राजनीतिक घटनाहरुको स्मरण गर्दै उहाँले राप्रपाको नाम उच्चारण नगरि त्यस्तै घटना दोहोर्याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको बताउनुभयो । 

नागरिकलाई सुखी र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभएको छ । भन्नुहुन्छ, ‘नेपाली नागरिकलाई सुखि बनाउन र हाम्रो देशलाई समृद्ध बनाउन हामीले नयाँ ढंगले, नयाँ तरिकाले, नयाँ संकल्पनका साथ अगाडि बढ्नुपर्ने अब ढिला भइसक्या छ । समय भयो होइन ढिलो भइसकेको छ ।’

कानून र संवादबाट हल हुने कुरामा समेत जोरजोलुम गरिने परिपार्टीको अन्त्य गरिनुपर्नेमा जोड दिँदै प्रमले आवेश र उत्तेजनामा कोही पनि नआउन भन्नुभयो । 

‘देशमा शान्ति सुव्यवस्था खल्बलियोस् भनेर भड्काउने, देशलाई प्रतिगमनतिर लान पाइयोस् भन्ने, राणाकाल र राजतन्त्र उस्ता उस्तै हुन् । ०५८ सालमा दरबार हत्यकाण्डजस्ता घटना भए । त्यसपछि पनि जनताको अधिकार खोसेर, नेताहरुलाई थुनेर, मुद्दा लगाएर निर्वाचित प्रधानमन्त्रीलाई हटाएर यस्तै यस्तै क्रियाकलाप गरेको हामीले देखेका छौं’, विगत सम्झंदै भन्नुभयो, ‘यस्तै अध्याँरा दिनहरु फर्काउन केही तत्वहरु लागिरहेका छन् । केही तत्वहरु देशमा अराजकता फैलाउन कुदिरहेका छन् । आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन् । भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भ

टिप्पणीहरू