नेपालमा रूबेला सार्वजनिक स्वास्थ्य समस्या नभएको विश्व स्वास्थ्य संगठनको घोषणा

नेपालमा रूबेला सार्वजनिक स्वास्थ्य समस्या नभएको विश्व स्वास्थ्य संगठनको घोषणा

नेपालमा अब रूबेला सार्वजनिक स्वास्थ्य समस्या नभएको घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले देशव्यापी खोप अभियान र प्रभावकारी रोग निगरानी कार्यक्रमबाट नेपालमा रूबेला सार्वजनिक स्वास्थ्य समस्याको रुपमा नरहेको ठहर गरेको छ ।

रूबेला एक अत्यन्तै चाँडो सर्ने भाइरसजन्य संक्रमण हो, जुन खोकी र हाछ्युँबाट पनि सर्छ । यो प्रायः बालबालिका र युवामा देखिन्छ । यो रोग लागेमा सामान्य ज्वरो र छालामा रातो धब्बा देखिन्छ ।

तर गर्भवती महिलाका लागि भने यो रोग अत्यन्त खतरनाक हुने गरेको छ । गर्भावस्थामा रूबेला लागेमा गर्भपतन, शिशुको गर्भमा निधन वा जन्मजात अपाङ शिशुको जन्म हुने सम्भावना अधिक हुने बताइन्छ ।

सार्वजनिक स्वास्थ्य विज्ञहरुले नेपालले रूबेला रोगको नियन्त्रणमा प्राप्त गरेको सफलतालाई ठूलो उपलब्धि र रोकथाम योग्य रोगविरुद्धको लडाइँमा ऐतिहासिक कदम भनेका छन् ।

टिप्पणीहरू