उपसभामुखलाई हटाउने तयारी, खाली पानामा धमाधम हस्ताक्षर

उपसभामुखलाई हटाउने तयारी, खाली पानामा धमाधम हस्ताक्षर

सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका छन् । दुवै दलका सांसदहरुलाई धमाधम खाली पानामा हस्ताक्षर गराउने क्रम जारी छ । 

उक्त हस्ताक्षर कुन प्रयोजनको लागि हो भन्नेबारे स्वयं सांसदहरुलाई समेत थाहा छैन । सिंहदरबार पुगेकी एक एमाले सांसदले भनिन्, ‘खाली पानामा हस्ताक्षर गर्न निर्देशन भयो, मैले गरेँ, के काे लागि हाे थाहा छैन, अरु मान्यज्यूहरुले गर्दै हुनुहुन्छ ।’ 

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी स्वरुप दुवै दलले हस्ताक्षर संकलन गरेको बुझिएको छ ।  हिजो साँझ बालुवाटारमा भेला भएका सत्ता गठबन्धन दलका शीर्ष नेताबीच उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको र सोही बमोजिम अन्य दलका सांसदहरुलाई पनि हस्ताक्षर संकलन गरेर उपलब्ध गराउन भनिएको बताइन्छ। 

प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार उपसभामुखले आफ्नो पद अनुकूलको आचरण नगरेकोसम्बन्धी प्रावधानमा टेकेर रानालाई हटाउने तयारी भएको बताइएको छ । रानालाई हटाउन २७५ सदस्यीय सभामा दुई तिहाइ बहुमत चाहिन्छ । सत्ता गठबन्धन दल नेपाली कांग्रेगका ८८, एमालेका ७९, जसपाका ७, जनमतका ६, लोसपाका ४ र नाउपाका ४ सांसद छन्। 

उपसभामुख राना भने अमेरिका भ्रमणमा रहेकाे बताइएकाे छ ।

टिप्पणीहरू