नेकपा एसको बैठक लगातार
फाइल फोटो
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । भदौ २५ गतेदेखि चार दिन लगातार बस्नेगरी आलोकनगरस्थित पार्टी मुख्यालयमा बैठक डाकिएको छ ।
भदौ २५ गते स्थायी कमिटी, भदौ २६ गते पोलिटब्युरो, भदौ २७ र २८ गते केन्द्रीय कमिटीको बैठक राखिएको पार्टीका एक केन्द्रीय सदस्यले बताए ।
उनका अनुसार बैठकमा पार्टीभित्रको द्वन्द्व, वर्तमान राजनीतिक अवस्था, महाधिवेशनको एक वर्षमा भएका कामहरु, अध्यक्षविरुद्धको मुद्दालगायतका विषयमा छलफल हुनेछ ।
पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि पार्टीभित्र आन्तरिक विवाद देखिएको छ ।
टिप्पणीहरू