समर्थन फिर्ता लिएको नाउपा पनि सत्ता गठबन्धनको बैठकमा

समर्थन फिर्ता लिएको नाउपा पनि सत्ता गठबन्धनको बैठकमा

सरकारबाट बाहिरिएको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ सत्ता गठबन्धन दलको बैठकमा सहभागी भएकी छन् । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भइरहेको बैठकमा उनी सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी हुन् ।

नाउपाबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पहिले नै राजीनामा दिएका थिए । त्यसपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा पनि गरेको थियो । तर पार्टी अध्यक्ष रञ्जिता आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएकी छन् ।

प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । उपसभामुख रानालाई पदीय जिम्मेवारीबाट हटाउन सत्ता गठबन्धनलाई नाउपाको अनिवार्य साथ आवश्यक देखिन्छ ।

टिप्पणीहरू