पूर्वराष्ट्रपति भण्डारी एमाले कार्यालयमा

पूर्वराष्ट्रपति भण्डारी एमाले कार्यालयमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको मोरङ जिल्ला कमिटीको कार्यालय पुग्नुभएको छ । उहाँ एमालेको विराटनगर, पाञ्चालीस्थित पार्टी कार्यालयमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग कुराकानी गर्नुभएको छ ।

पार्टी जिल्ला अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, नेता विनोद ढकालसहित सयौं कार्यकर्ताले भण्डारीको स्वागत गरेका थिए । त्यहाँ पुगेपछि पूर्व राष्ट्रपतिले परिसरमा रहेका दिवंगत पार्टी नेताहरूको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

उहाँ विराटनगरमा आयोजित उद्घोष दैनिकको कार्यक्रममा सहभागी हुन हिजो मध्यान्ह काठमाडौंबाट त्यता जानुभएको हो ।

टिप्पणीहरू