सिंहदरबारमा सत्ता र प्रतिपक्षको छुट्टाछुट्टै बैठक

सिंहदरबारमा सत्ता र प्रतिपक्षको छुट्टाछुट्टै बैठक

उपसभामुख हटाउने सत्तापक्षको तयारीसँगै राष्ट्रिय राजनीति तरंगित भएको छ । अहिले सत्ता र प्रतिपक्ष दलहरू आ-आफ्नो रणनीति बनाउन जुटेका छन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक राखेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अहिले बैठक चलिरहेको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको बैठकमा सो पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, रास्वपा उपसभापति डोलप्रसाद अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ्ग, एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपाका अध्यक्ष महिन्द्रराय यादव, आजपा अध्यक्ष प्रभु साह लगायत सहभागी छन् । 

यता, उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाएर पदमुक्त गर्न हस्ताक्षर संकलन गरेका कांग्रेस-एमालेका नेताहरू पनि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी छलफलमा सत्ता गठबन्धनका साना पार्टीहरू पनि संलग्न रहेको बताइएको छ ।

टिप्पणीहरू