आधा दर्जन स्थानीय तहलाई सिंहदरबारमा सम्मान

आधा दर्जन स्थानीय तहलाई सिंहदरबारमा सम्मान

सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने आधा दर्जन स्थानीय तह घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गर्ने तीन–तीन नगरपालिका र गाउँपालिकाको नामा सार्वजनिक गरेको छ । 

नगरपालिकाहरुमा चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र धादिङको नीलकण्ठ छन् भने गाउँपालिकामा स्याङ्जाको अर्जुनचौपारी, धादिङको बेनीघाट रोराङ्ग र गुल्मीको रुरुक्षेत्र हुन् । उत्कृष्ट स्थानीय तहलाई मन्त्रालयले सम्मान गर्दैछ । 

आउँदो शुक्रबार मन्त्रालयमा आयोजना गरिने कार्यक्रममा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सम्मानसहित स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गर्ने जनाइएको छ । स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्र पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गरेका हुन् ।

टिप्पणीहरू