के हो लिङ्देनमाथि लागेको ‘गाडी चोर’ को आरोप ?
पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गम्भीर आरोप लगाएका छन् । गत चैत १५ गतेको हिंसात्मक घटनाको ‘कमाण्डर’ प्रसाईँले जेलबाट छुटेपछि हिजो पहिलोपटक पत्रकार सम्मेलन गर्दै लिङ्देनलाई ‘गाडी चोर’ भनेका हुन् ।
सम्मेलनमा उनले भने,‘तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर काटेर भात खाने म होइन ।’ प्रसाईँको सो अभिव्यक्तिले राप्रपामा हलचल मच्चाएको छ । मकैको भात खान नपुगेर पाँचथरको अमरपुरबाट झापा झरेका लिङ्देन परिवारको पृष्ठभूमि के हो त ? जनचासोको विषय बनेको छ ।
राप्रपा एक नेताका अनुसार लिङ्देनको परिवारले झापा आएपछि भारतबाट गाडी ल्याएर पार्टपुर्जा बिक्री र सुपारी भारत लाने काम गर्थें । त्यसबाट कमाएको पैसाले डान्सबार खोले ।
‘ओलीलाई त्यो कुरा थाहा छ । केही दिनअघि एअरपोर्टमा देखे पनि लिङ्देनले छल्न खोजेका थिए । तर, ओलीले देखेर बोलाइहाले । पछि लिङ्देन ओलीलाई भेट्नै पुगे ।’
‘प्रसाईँले बोलेको कुरामा सत्यता छ । डान्सबार प्रायः रातमा मात्र खुल्छ । उनको त दिनरातकै धन्दा त्यहीँ थियो’,ती नेताले भने ।
यता, लिङ्देनविरुद्ध २०७१ सालमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको पाइएको छ । मुद्दाका कारण उनी बेला–बेलामा सम्पत्ति शुद्धिकरण पुगिरहन्थे । जुन कुरा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्ररी थाहा भएको ती नेता बताउँछन् ।
ओलीले बेलाबखत लिङ्देनलाई त्यो कुरा सम्झाइरहने उनको भनाइ छ । भन्छन्,‘ओलीलाई त्यो कुरा थाहा छ । केही दिनअघि एअरपोर्टमा देखे पनि लिङ्देनले छल्न खोजेका थिए । तर, ओलीले देखेर बोलाइहाले । पछि लिङ्देन ओलीलाई भेट्नै पुगे ।’
अरुले किन्न लागेको जग्गासमेत लिङ्देन आफैंले हत्याएको ती नेता बताउँछन् । उनका अनुसार राप्रपाका दिपेन्द्र भण्डारीले बिर्तामोडमा जग्गा किन्न खोजेका थिए । तर, पैसा नपुगेपछि लिङ्देनसँग सहयोग मागे । पछि लिङ्देनले पाँच लाख रुपैयाँ दिएर सो एक बिघा १३ धुर जग्गा लिएका हुन् ।
उक्त जग्गा बेचेर राम्रै पैसा कमाएको उनको जिकिर छ । यसविषयमा बुझ्नका लागि लिङ्देनलाई पटकपटक फोन गर्दापनि सम्पर्क हुन सकेन ।
टिप्पणीहरू