रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न लाग्नुभएको छ । 

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई भेट्न प्रचण्ड साँझ ६ बजे नख्खु कारागार जान लागेको बताइएको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलुकी ६ बजे सभापतिलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

भैरहवा कारागार रहेका रविलाई साउन ३१ गते नख्खु कारागार स्थानान्तरण गरिएको थियो । दुईचोटि नै आफ्नो क्याविनेटमा गृहमन्त्री भएका उनीप्रति प्रचण्डको सहानुभूति देखिन्छ ।

टिप्पणीहरू