‘नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मूर्दावादको नारा शक्तिशाली बन्यो’
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पुराना सबै नराम्रा र नयाँ सबै राम्रा भन्ने भाष्य बन्दै गएको बताएका छन् ।
तथ्य र तर्कमा टेकेर भन्दा पनि नयाँ र पुरानाको आधारमा प्रचारवाजी हुने गरेको भन्दै उनले असन्तुष्टि जनाए । नैतिक बलका आधारमा नेता बन्नुपर्नेमा त्यस्तो नभैरहेको भुसालको भनाइ छ ।
अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मूर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको उनले बताएका छन् । यस्तो राजनीतिले नयाँ गन्तव्यमा पुर्याउन नसक्ने भुसालले बताए ।
‘आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने छ । सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दवाद हो’, उनले भने, ‘हामी पुरानाहरु रैथाने भ्रष्ट जिन्दवाद भन्न खोजेको हो की ? हामी पुराना हौँ । खानदानी भ्रष्ट जिन्दवाद भन्नुपर्ने जस्तो ।
देशमा तर्क हराएको बताउँदै भुसालले थपे, ‘मुलुकमा तर्क छैन । शहरमा तर्क छैन । राजनीतिमा तर्क हरायो । यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ । पहिलेदेखि देश-विदेश चिनेका ठूलाठूला नेताहरु जानेका र पुरानाहरु नै ठिक छ वा नयाँ ठिक छ । आचरण र निष्ठाको कुरा गर्दा के फरक भयो ?’
टिप्पणीहरू