भान्जालाई पनि चुस्न नछाड्ने ‘द्रव्य’ माननीय
नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको अर्को कर्तुत सार्वजनिक भएको छ । नेपाली उखानअनुसार ‘पैसाको मूल परेको’ भन्ने विशेषण पाएका उनले साख्खै भानिजलाई दिनुपर्ने रकम नदिएपछि भानिज हेमन्त अग्रवाल अदालत पुगेका छन् ।
सिजी मोटर्समा १० प्रतिशत हिस्सासहित प्रमुख कार्यकारी अधिकृत (सिईओ) बनाइएका हेमन्तले आफूले रकम नपाएपछि सिजी मोटर्समा रहेको चिनियाँ मोटर कम्पनी छोङछिङ चाङआन क्युएयु अटोमोबाइलको आधिकारिक बिक्रेता टुटाएर आफ्नो कम्पनीमा जोडेका थिए । अहिले भाञ्जाविरुद्ध चौधरी र उनका जेठो छोरा निर्वाण अदालत पुगेका छन् । भाञ्जालाई सहमतिअनुसारको हिस्सा दिन आनाकानी गर्ने चौधरीले अरुलाई झन केसम्म गर्दा होलान् सहजै अनुमान गर्न सकिन्छ ।
चौधरीले सिजी मोटर्सले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भाञ्जाको कम्पनी ड्रिम्स मोबिलिटीलाई विपक्षी बनाएर मुद्दा हालेपछि अहिले विभाग र भाञ्जालाई काम अघि नबढाउन अन्तरिम आदेश दिइएको छ । स्रोत भन्छ, ‘गण्डकी र बागमतीमा सिजीको ट्याक्सी सञ्चालन गर्न चौधरीले बनाएको योजनामा नियम मिचेर घप्लाबाजी गर्न चौधरीले भाञ्जालाई करोडौंको स्वामित्व हस्तान्तरण गर्न आनाकानी गर्दै अदालतको सहारा लिएका हुन् ।’
टिप्पणीहरू