वामदेवका विद्रोही नेकपा एसमा विलय
वामदेव गौतमबाट विद्रोह गरेको नेकपा राष्ट्रिय एकता अभियान एकीकृत समाजवादीमा मिसिएको छ ।
वामदेव एमालेतिर लाग्न खोजेपछि छुट्टिएकाहरू आज आलोकनगर पुगेर एसमा समाहित भएका हुन् । महेन्द्र अर्यालले नेतृत्व गरेको सो समूहलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे ।
केपी शर्मा ओलीले एमालेमा लिन नचाहेपछि एकता अभियानका अध्यक्ष वामदेव यसअघि नै एसमा प्रवेश गरिसकेका छन् । उनी अहिले तेस्रो वरियतासहित उक्त पार्टीको वरिष्ठ नेताको हैसियतमा छन् ।
तस्बिरहरु




टिप्पणीहरू