इजरायलबाट फर्केपछि विपिनका आमा र बहिनी बालुवाटारमा

इजरायलबाट फर्केपछि विपिनका आमा र बहिनी बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको स्पष्ट पार्नुभएको छ । उहाँले सरकार उनको रिहाइमा गम्भीर रूपमा जुटिरहेको उल्लेख गर्नुभएको बताइन्छ ।

इजरायलबाट फर्किएका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको छ । भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उहाँहरूलाई आश्वस्त पार्दै लेख्नुभयो, ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेट गरेर फर्कनु भएको थियो । विपिनको रिहाइका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’

विपिनका आमा र बहिनीको हालै इजरायलमा त्यहाँका राष्ट्रपतिलगायत उच्च पदस्थ अधिकारीहरुसँग भएको थियो । उताबाट फर्केपछि प्रधानमन्त्री ओलीसँग आज अपरान्ह बालुवाटारमा भेट भएको हो ।
 

टिप्पणीहरू