इजिप्टमा चुनाव,नेपालमा सुरक्षा

इजिप्टमा चुनाव,नेपालमा सुरक्षा

ललितपुरको सैंबुस्थित इजिप्सियन राजदूतावासमा आज मतदान हुन लागेको छ । इजिप्टमा हुन लागेको सिनेट (संसद) निर्वाचनका लागि ललितपुरस्थित राजदूतावासमा मतदान केन्द्र कायम गरिएको छ । 

परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई मतदान केन्द्र तोकिएको दूतावासमा आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिन लिखित अनुरोध गतसाता नै गरेको थियो ।

दूतावासमा रहेका कूटनीतिक कर्मचारी,तिनका परिवारजन सहित नेपालस्थित इजिप्टेली नागरिकले मतदान गर्नेछन् ।

टिप्पणीहरू