शङ्करकै अगाडि विद्याको वकालत

शङ्करकै अगाडि विद्याको वकालत

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलकै सामुन्ने पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोकिएकोमा आपत्ति प्रकट गरिएको छ । 

भदौ ३ गते सिन्धुपाल्चोक एमालेले केन्द्रीय प्रतिनिधि परिषद बैठक लक्षित जिल्ला प्रतिनिधि परिषद बैठक आयोजना गरेको थियो । सो बैठकमा अतिथिहरूले मात्र मन्तव्य दिएर समापन गर्ने केन्द्रीय निर्देशनअनुरुप जिल्लाको तयारी थियो । तर,प्रतिनिधिहरुले त्यसलाई स्वीकार नगरेको बुझिएको छ । 

तीन जना प्रतिनिधिलाई बोल्ने समय मञ्चबाट उपलब्ध गराइएकोमा तीनै जनाले विद्या भण्डारीको सदस्यता रोकेर पार्टीले सही काम नगरेको भनी आलोचना गरेका थिए । जिल्ला पूर्वअध्यक्ष कमल नेपालले विद्या भण्डारीको सदस्यता फाजिलमा राख्नु सही नभएको बताए । त्यसका लागि सिन्धुपाल्चोकका तर्फबाट संशोधन गर्न दवाव दिनुपर्ने उनको भनाइ थियो । त्यस्तै जिल्ला कमिटी सदस्य वासु अधिकारीले मदन भण्डारीकी पत्नीलेसमेत पार्टी सदस्यताको लागि बिलौना गर्नुपर्ने अवस्था आउनुले पार्टीमा को हावी छ भनी खोजी गर्नुपर्ने बताए । 

"हिजो शाही शासनमा महाराजको जय होस् भन्ने कोमल वलीहरुले केन्द्रीय कमिटी बैठकमा विद्याको सदस्यता खारेज गर्नुपर्ने धारणा राख्नुले एमाले कता जाँदैछ भनी चिन्ता जागेको बताए"

अर्का प्रतिनिधि सुदन गिरीले चाहिँ एमालेलाई अप्ठयारोमा जोगाएको तर,अहिले अरु नै हावी भएको दुखेसो पोखे ।  हिजो राजाका पालामा महाराजको जय होस् भन्ने कोमल वलीहरुले केन्द्रीय कमिटी बैठकमा विद्याको सदस्यता खारेज गर्नुपर्ने धारणा राख्नुले एमाले कता जाँदैछ भनी चिन्ता जागेको बताए । पोलिटब्युरो सदस्य अरुण नेपाल यही जिल्लाका हुन् जो पूर्वराष्ट्रपति राजनीतिमा आउँदा समस्या मान्न नहुने बताउँछन् । उसो त जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ पनि यसअघि विद्या भण्डारीकै जोडबलमा नेतृत्वमा पुगेका थिए । तलबाट आएको सुझाव जस्ताको तस्तै माथिल्लो निकायमा पठाउने पक्षमा छन् । श्रेष्ठले बागमती प्रदेशको बैठकमासमेत वीचमा बसेर कुरा राखेका थिए ।

 

टिप्पणीहरू