विप्लव निवासमा प्रचण्ड

विप्लव निवासमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । 

ललितपुरको हरिसिद्धीस्थित नेकपा कार्यालयमा आज बिहान दुई नेताबीच भेट भएको हो । त्यसक्रममा समसामायिक राजनीतिक घटनाक्रम र पार्टी एकताबारे छलफल भएको बताइएको छ । 

साउन १९ गते सम्पन्न माओवादी स्थायी समितिको बैठकले नेकपासँग पार्टी एकताको पहल थाल्ने औपचारिक निर्णय गरेको थियो । नेकपाले भने केन्द्रीय समितिको बैठकबाट यसबारे आधिकारिक धारणा तय गर्ने बताएको छ । 

यसअघि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि विप्लवसँग भेटेर एकता प्रक्रिया चाँडै थाल्नेबारे छलफल गरेका थिए ।
 

टिप्पणीहरू