मधेशका मुख्यमन्त्री मलेसियामा व्यस्त
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मलेसियामा रहेका मधेशीसँग भेटघाट गर्न लागेका छन् ।
गैरआवासीय मधेशी संघ मलेसिया शाखाले केएलसीसीस्थित नेपाली दूतावासमा आज दिउँसो भेटघाट कार्यक्रम आयोजना गर्दैछ । संघका अध्यक्ष महेशप्रसाद यादवले त्यहाँ रहेका नेपालीलाई कार्यक्रममा आइदिन आग्रह गरेका छन् ।
एक साताको लागि शनिबार मलेसिया उडेका मुख्यमन्त्री सिंहले त्यहाँ रहेका नेपाली श्रमिकहरुसँग छुट्टै भेटघाटसमेत गर्दैछन् । मलेसियामा नेपाली कामदारको विद्यमान अवस्था, समस्या र समाधानका उपाय खोज्नु नै भ्रमणको मुख्य उद्धेश्य रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंह विदेश गएपछि भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
टिप्पणीहरू