काँग्रेस नेताको बर्थ डे मनाउन ४० केक

काँग्रेस नेताको बर्थ डे मनाउन ४० केक

एकैपटक ४० भन्दा बढी केक काटेर एकजना काँग्रेस नेताको जन्मदिन मनाइएको छ । यसरी धुमधामसँग मनाइएको बर्थ डे पार्टीका प्रमुख अतिथि काँग्रेस महामन्त्री गगन थापा थिए ।

नेपाली काँग्रेस रामेछापका नेता भरतप्रसाद चौंलागाईंको जन्मदिनका लागि विशेष रूपमा पार्टी झण्डा अंकित केकसमेत काटिएको थियो । गत महिना चक्रे मिलनको जन्म दिनमा यसैगरी भड्किलो पार्टीको आयोजना गरिँदा राजधानीको महाराजगञ्ज क्षेत्रबाट समातिएका ५० भन्दा बढी चुल्ठे,मुन्द्रे प्रहरी हिरासत हुँदै जिल्ला अदालतमा समेत उभ्याइएका थिए । 

पछिल्लो समय भड्किलो शैलीमा जन्मदिन मनाउने प्रवृत्ति बढेपछि निगरानी बढाइएको प्रहरीको भनाइ छ । तर,पार्टी नेताहरुले यो तहको भड्किलो सामाजिक व्यवहार गरेको कार्यक्रममा स्वयम् पार्टी महामन्त्री प्रमुख अतिथिको भूमिकामा देखिएपछि सामाजिक सञ्जालमा कटाक्ष गरिएको पाइन्छ ।

टिप्पणीहरू