जनार्दन,विप्लव र घनश्याम एकै ठाम

जनार्दन,विप्लव र घनश्याम एकै ठाम

विपक्षी राजनीतिक दलहरुको आन्दोलनलाई थप सशक्त बनाउन आज साँझ केही नेताबीच छलफल भएकोे छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको निवास ललितपुरको बखुण्डोलमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल र नेकपा माओवादीका महासचिव विप्लवबीच साँझ ६ बजेदेखि झण्डै डेढ घण्टा कुराकानी भएको बताइन्छ ।

एकातिर सत्तारुढ एमाले र नेपाली काँग्रेसको एकाधिकार र अर्कोतिर केही नयाँ दल तथा स्वतन्त्र मेयरहरुको भूमिकाका कारण नयाँ पुस्ता अन्योलमा रहेको भन्दै उनीहरु नयाँ रणनीति तर्जुमा गर्न छलफलमा जुटेको माओवादी स्रोतको दाबी छ ।

जनार्दन निकट स्रोत भन्छ, ‘आज बेलुकी तीन जनाले आन्दोलनलाई नयाँ रुपमा कसरी उठाउने भन्ने सम्बन्धमा डेढ घण्टा छलफल गरेका छन् । विपक्षी पार्टीहरुलाई कसरी सशक्त बनाउने, नयाँ दलसँग कसरी प्रतिस्पर्धा गर्ने र युवा पुस्तामाझ पार्टीलाई लैजाने रणनीतिबारे छलफल भएको हो ।’
 

टिप्पणीहरू