रामहरिकाे स्थानमा ईश्वरी
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएकी छन् । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले उक्त पदमा न्यौपानेलाई पठाउने निर्णय गरेसँगै उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले उक्त पदबाट राजीनामा दिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएर राज्य व्यवस्थाको लागि उम्मेद्वारी दर्ता गराएको बुझिएको छ । निर्वाचन समितिले आज अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको कार्यसूची सार्वजनिक गरेको थियो । भोलि दिउँसो ३ बजे समितिमा मतदान हुने कार्यतालिका छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले यसअघि नै उक्त पदको लागि उम्मेद्वारी नदिने घोषणा गरिसकेको छ । तत्कालीन सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकको कुलिङ परियडसम्बन्धी प्रावधामा भएको त्रुटीमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो ।
टिप्पणीहरू