पूर्व प्रधानमन्त्रीका छोराको कारमा हेरोइन
मलेसियाका एकजना पूर्वप्रधानमन्त्रीका छोराको कारमा लागुपदार्थ हेरोइन फेला परेको छ । त्यहाँको सेलाङ्गोर प्रहरीले कारमा ३ ग्राम (०.१ औंस) हेरोइन र लागुऔषध प्रयोग सम्बन्धी उपकरण फेला परेपछि २० वर्षको उमेरका ती युवकलाई पक्राउ गरिएको पुष्टि गरेको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । अनुसन्धान जारी रहेकाले उनको पहिचान गोप्य राखिएको भनिएको छ ।
यो घटनाले मलेसियाको राजनीतिमा पहुँच राख्ने उपल्लो तहका परिवारसँग सम्बन्धित पछिल्लो घटना हो । यसबाट पुनः शक्तिशाली व्यक्ति र उनका परिवारका सदस्यलाई कानुनअनुसार जवाफदेही बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको हङकङको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
टिप्पणीहरू