शीर्ष पाहुनाहरूलाई स्वागत गर्दै थिएन्चिन (फोटो फिचर)
स्रोत : सिन्ह्वा ।
चीनको राजधानी बेइजिङबाट केही पूर्वको समुन्द्री किनारमा रहेको थिएन्चिन शहरले आगामी आइतबार विश्वका डेढ दर्जन मुलुकका कार्यकारी प्रमुख, प्रमुख तथा विशिष्ट प्रतिनिधिको स्वागत गर्दैछ । उक्त सहरमा सांघाई सहयोग संगठन (एससीओ) को २५ औं वार्षिक शिखर सम्मेलन आइतबार र सोमबार हुँदैछ ।
चीनले पाँचौं पटक शिखर सम्मेलनको आयोजना गर्न लागेको हो । चीनका राष्ट्रपति सि जिनपिङले उद्घाटन गर्ने सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २० मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुख सहभागिता हुँदैछ।
विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुखहरु पनि सम्मेलनमा सहभागी हुने बताइएको छ ।






टिप्पणीहरू