स्कूलको कार्यक्रममा राष्ट्रपति संखुवासभा प्रस्थान

स्कूलको कार्यक्रममा राष्ट्रपति संखुवासभा प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल विद्यालयको हीरक महोत्सवमा सहभागी हुन संखुवासभा जानुभएको छ । उहाँ मादी नगरपालिका ५ स्थित मादी माध्यमिक विद्यालयको हीरक महोत्सवमा सहभागी हुन सैनिक हेलिकोप्टरमा त्यता जानुभएको हो । 

शीतल निवासबाट त्रिभुवन विमानस्थलसम्म गाडीमा र त्यसपछि हेलिकोप्टरमा जानुभएका राष्ट्रपतिको आजै अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू