माओवादीको जागरण अभियानमा ठूला नेता मात्रै

माओवादीको जागरण अभियानमा ठूला नेता मात्रै

नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग केन्द्रीय जागरण अभियान भदौ २२ गतेदेखि पुनः सुरु हुने भएको छ । महासचिव देव गुरुङको हस्ताक्षरमा पार्टीका विभिन्न जिल्ला कमिटीलाई पठाइएको आन्तरिक सर्कुलरमा तयारी थाल्न निर्देशन दिइएको छ ।

लमजुङबाट सोलुखुम्बुसम्म हुने अभियानमा यसपटक महासचिवसम्मका पदाधिकारी मात्र सहभागी हुने जनाइएको छ । यसअघि उपमहासचिवहरु पनि सहभागी हुँदै आएका थिए। तर यसपटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव मात्र अभियानमा रहनेछन् ।

अभियानका लागि प्रचण्डसहितका नेताहरू भदौ २१ गते लमजुङ पुगेर बास बस्ने कार्यक्रम छ । त्यसपछि २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा कार्यक्रम सम्पन्न गरी टोली काठमाडौँ आइपुग्ने छ । 

माओवादीले गत वर्ष फागुन १२ गते झापादेखि कञ्चनपुरसम्म पहिलो चरणको जागरण अभियान गरेको थियो ।

टिप्पणीहरू