प्रधानमन्त्री बाेलेपछि भूमि विधेयक पारित

प्रधानमन्त्री बाेलेपछि भूमि विधेयक पारित

भोलि बस्ने प्रतिनिधिसभा बैठकबाट भूमिसम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरे र मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुकाे बैठकले यो निर्णय गरेको हो । 

भोलिको बैठकपछि सदन एकैचोटी भदौ १८ गते बस्नेछ । उक्त दिन नागरिकतासम्बन्धी विधेयक पारित गर्ने मोटामोटी सहमति भएको एमालेका प्रमुख सचेतक महेश बर्तौताले जानकारी दिए । उनका अनुसार त्यसको भोलिपल्ट १९ गते संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । 

त्यसपछि सदन भदौ २५, २६ र २७ गते बस्नेगरी कार्यसूची बनाउने निर्णय भएको पनि बर्तौलाले जानकारी दिए । उनले भने, ‘त्यतिबेला संघीय निजामति विधेयक र विद्यालय शिक्षा विधेयकमा केन्द्रीत हुने र पारित गर्ने कुरा भएको छ ।’

त्यस्तै, बैठकले भोलि प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेगरी कार्यसूची तयार पार्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराउन सदनमा समय मागेकोले सो निर्णय गरिएको बताइन्छ ।

टिप्पणीहरू