एमाले नेताहरु धमाधम माओवादीतिर

एमाले नेताहरु धमाधम माओवादीतिर

सत्तारुढ नेकपा (एमाले)का आधा दर्जन नेता प्रमुख प्रतिपक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

पूर्व वडाध्यक्षसमेत रहेका बागमती प्रदेश कमिटी सदस्य विष्णु लामा, प्रदेश कमिटीकै ईश्वरी श्रेष्ठ र सिताराम गिरीसहित ७ जना आज एमाले छोडेर गरेर माओवादीमा मिसिएका हुन् । 

त्यस्तै, राष्ट्रिय ब्याडमिन्टन खेलाडी मेखबहादुर न्यौपाने र रमेश श्रेष्ठ पनि माओवादीमा लागेका छन् । परिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा पूर्व सभामुखसमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सबैलाई फूलमाला र खादा लगाएर स्वागत गरे । 

भोलि पनि केही व्यवसायीहरु माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू