महन्थले तोके महाधिवेशनको मिति

महन्थले तोके महाधिवेशनको मिति

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रथम महाधिवेशन आगामी चैत ६ र ७ गतेका लागि तोकिएको छ । 

साढे तीन वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले लोसपा गठन गरेका थिए । तर, महतोले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नामक छुट्टै दल खोलिसकेका छन् । 

केपी ओली नेतृत्वको सरकारमा सामेल लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री छन् । यो पार्टीको संसदमा चार सिट छ ।

टिप्पणीहरू