महन्थसँग लेखकको मुलाकात

महन्थसँग लेखकको मुलाकात

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । 

आज दिउँसो सिंहदरबारस्थित लोसपा संसदीय दलको कार्यालयमा करिब २० मीनेट दुई जनाले कुराकानी गरेको बताइएको छ। 

महन्थ भेट्न पौने १ बजे त्यहाँ पुग्नुभएका गृहमन्त्री लेखक १ बजेर १० मीनेटमा बाहिरिनुभएको हो । महन्थले कुराकानीको क्रममा घुमाउरो तवरले मन्त्री नफेरिदिएको गुनासो गर्नुभएको स्रोतले बतायो ।

टिप्पणीहरू