रामहरिलाई अर्को समितिको जिम्मेवारी

रामहरिलाई अर्को समितिको जिम्मेवारी

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाई समितिको सदस्य चयन भएका छन्। आजको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले खतिवडाको नाम प्रस्ताव गरेकी थिइन्, जसलाई सर्वसम्मतिले अनुमोदन गरिएको हो ।

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व गरेका खतिवडाले संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको त्रुटीको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। त्यसपछि कांग्रेसकै सांसद ईश्वरीदेवी न्यौपाने सो समितिको सभापति बनेकी थिइन्।

हाल न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएर राज्य व्यवस्था समितिमा गइसकेकी छन् ।

टिप्पणीहरू