रास्वपाका अर्का नेतालाई धरौटीमा छाड्न आदेश
साइबर कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीको इजलासले उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सामाजिक सञ्जालमार्फत् आफूलाई गालीगलौज गरेको भन्दै एक महिलाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएपछि अस्ति पक्राउ परेका पाँडेलाई हिरासतमै राखेर अनुसन्धान हिजो चार दिन म्याद थप भएको थियो । प्रहरीले अनुसन्धान सकाएलगत्तै जिल्ला सरकारी वकीलको कार्यालयले आज बिहान मुद्धा दर्ता गरेकोमा उनको बयान र थुनछेक बहस पनि एकैछिनमा सकिएको हो ।
वातावरणविद् पाँडे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् ।
टिप्पणीहरू