‘दर्ता नगरे सामाजिक सञ्जालमाथि प्रतिबन्ध पक्का’

‘दर्ता नगरे सामाजिक सञ्जालमाथि प्रतिबन्ध पक्का’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता हुन नमान्ने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गर्न आन्तरिक तयारी थालिएको बताउनुभएको छ । अटेर गर्दै आएका सामाजिक सञ्जाललाई अन्तिम मौका दिइएको उहाँको भनाइ छ । 

सरकारका प्रवक्ता गुरुङले सामाजिक सञ्जाल सञ्चालक कम्पनीलाई दर्ताका लागि आह्वान गरिसकेको पनि स्पष्ट पार्नुभयो । ‘यो निर्णय भइसकेको छ । हामीले आह्वान गरिसकेका छौँ। एक हप्ताभित्र दर्ता नहुने भए स्वतः बन्द हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो अन्तिम मौका हो, नत्र बन्द हुनेछ, प्रक्रिया सुरु भइसकेको छ।’

मन्त्री गुरुङलाई सञ्चारकर्मीले ‘यसअघि पनि निर्णय भएको थियो, तर कार्यान्वयन हुन सकेन नि?’ भनेर प्रश्न समेत गरेका थिए। जवाफमा उहाँले भन्नुभयो, ‘यो पटक क्याबिनेटले निर्णय गरेको हो। आफूले गरेको निर्णय सरकारले कार्यान्वयन गर्छ, यसमा शंका गर्नुपर्दैन।’

भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरुलाई सात दिनको म्याद दिँदै सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको थियो।

टिप्पणीहरू