विद्यालाई सिमरा विमानस्थलमा स्वागत गर्न आह्वान
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान वीरगञ्ज जाँदै हुनुहुन्छ । उहाँ वीरगञ्जमा आयोजित एक सामाजिक कार्यक्रममा प्रमुख अतिथिका लागि बिहान १० बजे पुग्ने कार्यक्रम छ । वीरगञ्जमा महिला उद्यमी सम्मान कार्यक्रम राखिएको छ ।
त्यसअघि काठमाडौंबाट सिमरा पुगेपछि एमाले नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत र सम्मान गर्ने कार्यक्रम राखिएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले सामाजिक सञ्जालबाट बिहान पौने ९ बजे भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा उपस्थित हुन सो क्षेत्रका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
उनले विद्यादेवी भण्डारी नेपाली राजनीतिको एकजना सम्मानित नाम उल्लेख गर्दै लेखेका छन्, ‘नेकपा एमालेको केन्द्रीय नेतृत्वमा हुँदा होस या सरकारमा हुँदा, दुई पटक उपाध्यक्ष हुँदा या देशको राष्ट्रपतिको रूपमा अत्यन्त गरिमामय ढंगले कुशलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुभएको छ । नेपालमा समावेशिता र महिला सहभागिताका लागि वहाँले इतिहासमै सम्मान योग्य भूमिका निर्वाह गर्नु भएको छ ।’
पौडेलले नेकपा एमालेले ‘गणतन्त्रको गौरव’ का रूपमा सम्मानित गरेको आदरणीय व्यक्तित्व सम्माननीय पूर्व राष्ट्रपतिलाई बारामा स्वागत तथा सम्मान गर्नु सबैको कर्तव्य हो भनेका छन् ।
यता एमाले पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीले दोस्रो विधान महाधिवेशनका प्रतिनिधि तथा आयोजकहरुलाई भदौ २० र २१ गते ललितपुरको गोदावरीस्थित सनराईज हलमा उपस्थित हुन सूचित गरेका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिहान चीन भ्रमण जानु भएको छ । उहाँ बुधबार स्वदेश फर्केपछि शुक्रबार विधान महाधिवेशन हुँदैछ । यसअघि हिजोलाई राखिएको केन्द्रीय कमिटीको बैठक गतसाता नै अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
"अभिवादन,यहि भाद्र १३ को लागि पूर्व सुचित केन्द्रीय कमिटिको वैठक स्थगित भएको अनुरोध गर्दछु। डा. भीष्म अधिकारी, कार्यालय सचिव"
अभिवादन, दोस्रो विधान महाधिवेशनका आधिकारिक प्रतिनिधी र आयोजकहरु भाद्र २० गते ११ वजे गोदावरीको सनराईज हलमा उपस्थितीका लागि अनुरोध छ। डा. भीष्म अधिकारी, कार्यालय सचिव
" सम्माननिय विद्यादेवी भण्डारी नेपाली राजनीतिको एकजना सम्मानित नाम हो । नेकपा एमालेको केन्द्रीय नेतृत्वमा हुदा होस या सरकारमा हुदा, दुई पटक उपाध्यक्ष हुदा या देशको राष्ट्रपतिको रूपमा अत्यन्त गरिमामय ढंगले कुशलता पूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु भएको छ । नेपालमा समावेशिता र महिला सहभागिताको लागी वहाले इतिहासमै सम्मान योग्य भूमिका निर्वाह गर्नु भएको छ " । यसर्थ हाम्रो पार्टी नेकपा एमालेले " गणतन्त्रको गौरव " को रूपमा सम्मानित गरेको आदरणीय व्यक्तित्व पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भोली विरगंजमा हुने महिला उद्यमी सम्मान कार्यक्रमका लागी आउदै हुनुहुन्छ । वारा जिल्लाको सिमरामा सम्माननिय पूर्व राष्ट्रपतिलाई स्वागत तथा सम्मान गर्नु हामी सवैको कर्तव्य हो ।। १४ गते विहान ८ : ४५ वजे सिमरा, विमानस्थल ।।।






टिप्पणीहरू