स्वर्गीय प्रधानमन्त्री चाउको स्मृति संग्रहालयमा हाम्रा प्रधानमन्त्री

स्वर्गीय प्रधानमन्त्री चाउको स्मृति संग्रहालयमा हाम्रा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले थिएन्चिनस्थित पूर्व प्रधानमन्त्री स्वर्गीय चाउ एन्लाई तथा उहाँकी जीवन सङ्गिनी तङ यिङ्चाओ स्मृति संग्रहालयको निरीक्षण गर्नुभएको छ । 

स्वर्गीय प्रधानमन्त्री चाउ जनगणतन्त्र चीनको पहिलो प्रधानमन्त्री हुनुहुन्छ । उहाँ सन् १९५४ को सेप्टेम्बरदेखि सन् १९७६ मा निधन हुनुअघिसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।

सन् १९५७ मा तत्कालीन राजा महेन्द्रको निम्तोमा उहाँले नेपालको पहिलो राजकीय भ्रमण गर्नुभएको थियो । त्यतिबेला प्रधानमन्त्री टंकप्रसाद आचार्य हुनुहुन्थ्यो । त्यसपछि सन् १९६६ मा पनि पनि नेपाल भ्रमण गर्नुभयो । नेपाल र जनगणतन्त्र चीनबीचको सम्बन्ध प्रगाढ सोही समयदेखि भएको हो ।

प्रधानमन्त्री ओलीले संग्रहालय निरीक्षणअघि आज बिहान धान उत्पादन विशेष क्षेत्रको निरीक्षण गर्नुभएको थियो । उहाँ जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमणमा जानुभयो ।

तस्बिरहरुः

​​​​​​​

​​​​​​​

टिप्पणीहरू