रञ्जिताले बोलाएको बैठकमा रेशम नजाने
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कमिटी बैठकमा संरक्षक रेशम चौधरी खेमाले सहभागिता नजनाउने भएको छ ।
निर्वाचन आयोगले आफूलाई अध्यक्षको वैधानिकता दिएपछि रञ्जिता श्रेष्ठले बैठक बोलेकी छन् । कान्तिपथस्थित होटल यलो प्यागोडामा आज र भोलि बैठक बस्दैछ ।
बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्यसहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । तर, अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाइरहेको रेशम समूह भने सहभागी नहुने बताइएको छ।
पोखराको लिचिबारी जग्गा काण्डमा रञ्जिताको नाम जोडिएपछि रेशम समूहले उनलाई निलम्बन गर्दै लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाएको थियो । तर, निर्वाचन आयोगले अवैधानिक ठहर गर्दै रञ्जितालाई अध्यक्षमा कायम राख्ने निर्णय गरेको थियो ।
टिप्पणीहरू