घण्टीका उम्मेदवारको कारागारमा भेट

घण्टीका उम्मेदवारको कारागारमा भेट

रुपन्देही-३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारका आकांक्षी ९ जनाले नख्खू जेलमा रहेका सभापति रवि लामिछानेलाई भेटेका छन् । 

पार्टीको प्राइमरी इलेक्शनमा प्रतिस्पर्धा गरिरहेका उनीहरुले आज नख्खू कारागार पुगेर सभापतिलाई भेटेका हुन् । भेटमा लामिछानेले सबै प्रतिस्पर्धीहरुलाई आफ्नो रायसहित शुभकामना दिएको बताइएको छ । 

गत साउन ७ देखि २१ गतेसम्म उम्मेदवारी आह्वान गरेकोमा सुलभ खरेल,पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले शुल्क तिरेर आवेदन दिएका थिए ।  

उता, उम्मेदवारको नाम घोषणा गर्नुअघि रास्वपाले सचिवालय बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार दिँउसो १ बजे सचिवालय बैठक बसेपछि प्राविधिक प्रक्रिया पूरा गरेर आधिकारिक नाम सार्वजनिक गरिनेछ ।

टिप्पणीहरू