मधेशमा विद्याको राम्रो क्रेज
तराई-मधेशमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राम्रो क्रेज देखिएको छ । हिजो वीरगञ्ज पुग्नुभएकी उहाँलाई स्थानीय र एमाले कार्यकर्ताले विभिन्न स्थानमा भव्य स्वागत गरेका थिए ।
उद्योग वाणिज्य संघ र एक विद्यालयको कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्नुभएकी भण्डारी आज गढीमाई मन्दिर पुग्नुभएको छ । त्यहाँ पनि उहाँलाई शुभचिन्तक र कार्यकर्ताले फूलामालासहित स्वागत गरेका छन् ।
त्यसक्रममा पूर्व राष्ट्रपतिले करिब आधा घण्टा स्थानीयसँग कुराकानी गर्नुभएको बताइएको छ । उहाँलाई महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवले मन्दिर अवलोकन गराउनुभएको थियो । भण्डारी आज बारामा बास बसेर भोलि बिहान ११ बजेको उडानमार्फत् काठमाडौँ फर्किने कार्यक्रम छ ।
एमाले नेतृत्वले भण्डारीलाई नभेट्न आन्तरिक सर्कुलर गरे पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य प्रकाश थारुसहितका नेताहरु हिजो स्वागत गर्न एयरपोर्ट पुगेका थिए । सो क्रममा उनीहरुले ५१ किलोको मालासमेत लगाइदिएका थिए ।

टिप्पणीहरू